क्रान्ति अझै बाँकी छ, निरन्तर अघि बढ्नु छ

KESHAR KALIKOTE

२०८३ असार १६ गते मंगलबार


क्रान्ति अझै बाँकी छ, निरन्तर अघि बढ्नु छ
जनताको मुक्तिको सपना पुरा गर्नु छ 

निरङ्कुश व्यवस्थालाई हामीले नै फाल्यौं
संघियता गणतन्त्र हामीले नै ल्यायौं
जनयुद्धको जगमा परिवर्तन धेरै भए
जनताको चेतना माथि उठ्दै गए
क्रान्ति अझै बाँकी छ, निरन्तर अघि बढ्नु छ
जनताको मुक्तिको सपना पुरा गर्नु छ

प्रतिगामी षड्यन्त्रको विरुद्धमा लडौं
अग्रगामी छलाङ् हान्दै गन्तब्यमा पुगौं
सानाठूला उपलब्धी धेरै भएका छन्
गर्नुपर्ने कामहरु अझै नै बाँकी छन्
क्रान्ति अझै बाँकी छ, निरन्तर अघि बढ्नु छ
जनताको मुक्तिको सपना पुरा गर्नु छ

क्रान्ति प्रति कटिबद्ध दूरदर्शी नेता
बिचारले संगठित लाखौं कार्यकर्ता
देशभक्त शक्तिहरु एक ढिक्का बनौं
सबैमिलि समाजवादको यात्राशुरु गरौं

क्रान्ति अझै बाँकी छ ,निरन्तर अघि बढ्नु छ
जनताको मुक्तिको सपना पुरा गर्नु छ 
 

टिप्पणीहरू

सम्बन्धित हरु


Related Post Not Found's !